असार ३१ पशुपति ।मानव सेवा फाउन्डेसनले आज सोमबार पशुपति कोटिहोम महायज्ञ स्वागतको लागि बिसाल कलश यात्रा निकालेकोछ।पशुपति बनकालिबाट हजारौं संख्यामामा निकालिएको कलश यात्राले पशुपति क्षेत्र ,आसपास बजार पुरै परिक्रमा गरेकोछ।
साउन १ गतेबाट ३२ गतेसम्म पशुपति क्षेत्रमा हुन गैरहेको कोटिहोमको सम्पुर्ण तयारी गरिसकेकोछ।दुलही झै सिङ्गारिएको पशुपति क्षेत्र अत्यन्त मनमोहक बनेकोछ।
१५५ जना मुण्डन गरिएका पन्डितहरुको उपस्थिति पनि भैसकेकोछ।पुर्ब उद्घोषण गरिए अनुसार कथा बाचकहरुको पनि उपस्थित भैसकेको आयोजकले जनाएकोछ।
मानव फाउन्डेसन नेपालले कोटिहोम महायज्ञमा आउने अतिथिहरुको लागि सम्पुर्ण स्वास्थ तथा सुरक्षाका प्रबन्धहरु मिलाइसकेको रेड्मिडियालाइ जानकारी दिएकोछ।
स्वदेश तथा बिदेशबाट लाखौं भक्तहरु आउने कार्यक्रमको लागि निम्तो पुराइसकेको भएपनी यो सनातन हिन्दु धर्मावलम्बीहरुको कार्यक्रम रहेकोले यसैलाइ चुलो निम्तो सम्झेर सपरिवार सहित आउनको लागि आयोजकले अनुरोध गरेकोछ।
१९ चैत, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा स्थानीय विकास साझेदार कार्यक्रममा प्रत्येक सा ...
प्रतिक्रिया