पशुपतिनाथ मन्दिरका ४वटै ढोका खुल्ला ।बिहान३ बजेदेखि भक्तहरुले गर्न थाले दर्शन ।अत्यन्त राम्रो ब्यबस्थापन

पशुपतिनाथ मन्दिरका ४वटै ढोका खुल्ला ।बिहान३ बजेदेखि भक्तहरुले गर्न थाले दर्शन ।अत्यन्त राम्रो  ब्यबस्थापन

साउन २८ सोमबार ।सनातन हिन्दू धर्मावलम्बीहरुको लागि आज अत्यन्त महत्वपूर्ण दिन मानिन्छ ।भगवान शिबको विशेष दिन भएकोले आजको दिनलाइ शिव भक्तहरूले महत्त्वपूर्ण मान्ने गरेका हुन।

साउन महिनाको आज अन्तिम सोमबार भएकोले पनि आज शिबालयहरुमा धेरै भिड लाग्ने गरेकोछ।देश भित्र ठाउँ ठाउँमा धेरैनै महत्वपूर्ण  शिबालयहरु छन।त्यसमा पनि बिश्व का हिन्दुहरुले त भगवान पशुपतिनाथ सबै भन्दा प्यारो मान्ने गरेकाछन।

भक्तहरूको   पशुपतिनाथ दर्शन गर्ने सबैको चाहना सबैभन्दा धेरै हुने गर्दछ।बोल बम महिनाको अन्तिम सोमबार भएको कारण बिहान ३ बजेबाट पशुपतिनाथ  मन्दिरका ४ वटै ढोका खुल्ला गरिएकोछ।

टाढाबाट समेत भक्तहरु पहेलो लुगामा सज्जिएर खाली खुट्टा बोल बम भन्दै पशुपतिनाथ मन्दिर आएकाछन।दर्शनको लागि बिहानैदेखी भिड लागिसकेकोछ।सजिलै सबैले दर्शन गर्न सकुन भन्ने उदेश्यले लाइन ब्यबस्थापन अत्यन्त राम्रो मिलाइएकोछ।

पुजादेखी ,दर्शन गर्न  र सुरक्षा प्रबन्ध समेत राम्रो गरेकोछ यस बखत पशुपतिमा।पालो मिच्न नपाइने तर सबैले दर्शन गर्न मिल्ने बाताबरण मिलाइएको बताउँछन पशुपति क्षेत्र बिकास कोषका प्रबक्ता रेबतीरमण अधिकारी ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

५ लाखले गरे पशुपतिनाथको दर्शन
एक बर्ष अगाडि

२१ भदौ काठमाडौ ।नेपाली सनातन हिन्दूहरुको महान चाड हरितालिका तीज आज धुमधामसग मनाइयो।देशैभरीका सबै शिब ...

छुटाउनुभयो कि ?

TOP