कोटिहोममा आजबाट साप्ताहिक भजन प्रतियोगिता सुरु

कोटिहोममा आजबाट साप्ताहिक भजन प्रतियोगिता सुरु

साउन २५ काठमाडौ ।पशुपति क्षेत्रमा ऐतिहासिक पशुपति कोटिहोम महायज्ञ सन्चालन भएको पनि २५ औ दिनमा प्रवेश गरेकोछ।मासिक कोटि होम महायज्ञमा नियमित कार्यक्रमको अलावा आजबाट साता ब्यापी राष्ट्रिय भजन प्रतियोगीता पनि सुरु भएकोछ।भजन प्रतियोगितामा देशैभरका ८५ टोलिले भाग लिएकाछन।सुमार्गी भबन नजिक पण्डालमा भएको कार्यक्रममा राष्ट्रिय स्थरको कलाकार ,बुद्धिजिबि,भक्तजनहरु लगायत सन्चारमाध्यमको पनि बाक्लो उपस्थिति रहेकोछ।सो प्रतियोगिताको कोटिहोम महायज्ञ सड्ढल्पकर्ता बाल योगेश्वर बिजय कृष्ण मुर्ति जि महाराजले उद्घाटन गरेका थिए।पुरस्कार राशी आकर्षक राखिएकोछ।प्रथम हुनेले १ लाख ११ हजार १ सय ११ नगद प्राप्त गर्नेछन।गायिका राधिका हमाल सम्योजक रहेको कार्यक्रमको सन्चालन भने लोकप्रिय सन्चार्कर्मी /गायिका बिष्णु माया पौडेलले सन्चालन गरेकिछिन।भजन प्रस्तुति हुँदै जाने र अन्तिम नतिजा भने साउन ३२ गते आउने आयोजकले जनाएकोछ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

माइतीघर जान चटारो ,आज दर खाने दिन
एक बर्ष अगाडि

२० भदौ काठमाडौ ।तीज आयो आयो भन्दाभन्दै सकिने पो बेला भो।आज दर खाने दिन।मिलेसम्म भ्याएसम्म माइती पुग् ...

छुटाउनुभयो कि ?

TOP