आइटी बिज्ञ बिजयकुमार बस्नेत कोशी प्रदेशद्वारा सम्मानित

आइटी बिज्ञ बिजयकुमार बस्नेत कोशी प्रदेशद्वारा सम्मानित

असार ३० बिराटनगर ।कोशी प्रदेश खेलकुद बोर्डले आज आइतबार आइटी बिज्ञ बिजयकुमार बस्नेतलाई नगद रु.५१ हजार सहित सम्मान पत्रद्वारा सम्मान गरेकोछ।
 

खेलकुद बिकास बोर्डको वेबसाईट र लोगो निर्माण गरेकाले उनलाइ बिकास बोर्डले सम्मान गरेको हो।कोशी प्रदेश मुख्य मन्त्री हिक्मत कार्की ,सामाजिक बिकास मन्त्री पाचकर्ण राई र खेलकुद बिकास बोर्ड सदस्य सचीव कृष्ण (पर्शुराम )बस्नेतले उच्च मुल्यांकन गर्दै  खादामाला,नगद र सम्मान पत्रले सम्मान गरेका थिए।

आइटी बिज्ञ बिजय बस्नेतले बनाएको लोगो बिकास बोर्डले चलन चल्तीमा ल्याइसकेकोछ।लोगोमा समग्र कोशि प्रदेशका १४ जिल्ला र खेलकुद गतिविधिहरु प्रष्ट देख्न सकिन्छ ।

सम्मानित बिजयकुमार बस्नेतले कोशी प्रदेश खेलकुद बिकास बोर्डलाइ खुशी व्यक्त गर्दै धन्यवाद दिएकाछ्न।साढे दुई दशकदेखि आइटी क्षेत्रमा रहेका बस्नेतले ३२ देश घुमिसकेकाछन।सोही समारोहको बीच दुई खेलाडी र ८ जना पत्रकारहरुको समेत सम्मान गरिएको थियो। 

सम्मानित हुनेहरूमा फुटबल खेलाडी सन्तोष बानियाँ,मार्शल आर्ट खेलाडी मदन उप्रेती हुन।उनिहरु पनि नगद २१ हजार सहित सम्मान पत्रले सम्मानित भएकाछन।

त्यसैगरि सम्मानित हुने पत्रकारहरुमा बरिस्ठ पत्रकार नवीन अर्याल ,भुमिका पाख्रीन,किशोर बुढाथोकी ,चुमन बस्नेत ,प्रेम देबान ,भुमिराज पराजुली र हिमाल खरेल  रहेकाछन।कोशी प्रदेशका खेलकुद क्षेत्रका गतिविधि समेटेर समाचार सम्प्रेषण गरेकोले उनिहरु नगद सहित सम्मान पत्रले सम्मानित भएको खेलकुद बिकास बोर्डले जनाएकोछ।

२३३ जना ब्यक्तिहरु आज नगद रकम र सम्मान पत्र सहित सम्मानित भएकाछन।खेलकुद क्षेत्रमा विशेष योगदान पुर्याउने ब्यक्तिहरुलाइ समेटेर सम्मान गरिएको कोशी प्रदेश बिकास बोर्ड सदस्य सचीव पर्शुराम बस्नेतले रेडमिडियालाइ बताए।

 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP