असार ३० काठमाडौ ।देशले नया प्रधानमन्त्रीमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलिलाई पाएकोछ।
राष्ट्रपति रामचन्द्र पौडेलले आज दलहरुलाइ नयाँ सरकार निर्माण गर्न दिएको बेलुका ५ बजे सम्मको अन्तिम समय सकिए लगत्तै केपि शर्मा ओलिलाई संविधान धारा ७६ उपधारा २ बमोजिम प्रधानमन्त्रीमा नियुक्त गरेका हुन।
प्रधानमन्त्रीमा नियुक्त भएपछि केपी शर्मा ओलि पुर्ब राष्ट्रपति बिद्यादेबि भण्डारीलाई भेट्न चपलीहाइट पुगेका थिए।यसलाई नियमित भेटघाट भनिएकोछ।
सोमबार प्रधानमन्त्री केपी शर्मा ओलिलाई राष्ट्रपति रामचन्द्र पौडेलले सफत ग्रहण गराउने कार्यक्रम रहेकोछ।सोमबार नै सानो आकारको मन्त्री मन्डल गठन गर्ने कार्यक्रम समेत रहेकोछ।चौथोपटक प्रधानमन्त्री भएका ओलिलाई स्वदेश तथा बिदेशबाट बधाई तथा शुभकामनाको ओइरो लागेकोछ।
केपी शर्मा ओलिले नेकपा माओवादी अध्यक्ष प्रचण्डको विरुद्ध अबिश्वास प्रस्ताव ल्याएर प्रधानमन्त्रीबाट हटाएका हुन।
उनी विरुद्ध त्यस किसिमको प्रस्ताव ल्याउनु अगाडि नेपाली काङ्ग्रेससग नेकपा एमालेले लिखित सम्झौता गरेको थियो।अबिश्वासको प्रस्तावको सामाना गरेका प्रचण्डले बिश्वासको मत पाउन नसकेपछि प्रचण्डको प्रधानमन्त्री पद चैट हुन पुगेको थियो।
१९ चैत, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा स्थानीय विकास साझेदार कार्यक्रममा प्रत्येक सा ...
प्रतिक्रिया