असार ३० काठमाडौ ।आज आइतबार देशले नयाँ प्रधानमन्त्री केपी शर्मा ओलि पाउदैछ।उनी चौथोपटक प्रधानमन्त्री हुन लागेका हुन।
समथ ग्रहण भने भोलि सोमबार हुने भएकोछ।प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि सभामा बिश्वासको मत पाउन नसकेपछि प्रधानमन्त्री पद खाली हुन पुगेको थियो।
प्रधानमन्त्री पद खाली भएपछि राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबारनै दलहरुलाई नया सरकार बनाउन आवहान गरिसक्नु भएकोछ।
काङ्ग्रेसको प्रस्तावमा एमाले केपी शर्मा ओलिले १६६ साम्सद सहित प्रधानमन्त्री पदमा आफ्नो दाबी पेश गरिसकेकाछन।रास्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६(२)अनुसार प्रधानमन्त्री पदमा केपी शर्मा ओलिलाई नियुक्त गर्नेछन् ।
आज आइतबार केपी शर्मा ओलि प्रधानमन्त्री बने लगतै बालुवाटार निवासमा जाने तय गरिएकोछ।सोमबार सपथ ग्रहण गरेसगै सानो आकारको मन्त्री मन्डल पनि गठन हुने बताइएकोछ।
काङ्ग्रेस र एमालेको नेतृत्वमा बन्न लागेको नया सरकारमा अन्य साना दलहरु पनि जाने तयारी गरिरहेकाछन।राष्ट्रीय स्वतन्त्र पार्टी र नेकपा माओवादीले प्रतिपक्षमा बस्ने बताइसकेकोछ।
१९ चैत, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा स्थानीय विकास साझेदार कार्यक्रममा प्रत्येक सा ...
प्रतिक्रिया