नेपाल सरकारका मुख्य सचिब डा.बैकुण्ठ अर्याल निलम्बित

नेपाल सरकारका मुख्य सचिब डा.बैकुण्ठ अर्याल निलम्बित

 

काठमाडौं ।नेपाल सरकारका मुख्य सचीव डा.बैकुण्ठ अर्यालमाथी अख्तियारले मुद्दा दर्ता गरेपछि स्वत निलम्बनमा परेकाछन ।अन्तःशुल्क स्टिकर छपाइमा भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्याल सहित ११ जना र एक कम्पनी विरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो। सञ्चार मन्त्रालयको सचिव हुँदा अर्यालले अन्तःशुल्क स्टिकर छपाइमा भ्रष्टाचार गरेकाे अख्तियारले अभियोग लगाएको छ। बहालवाला मुख्यसचिव विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको यो पहिलो पटक हो।

यस प्रकरणमा सहसचिवद्वय रितेश शाक्य र टंक पाण्डे, उपसचिव गणेशविक्रम शाही र शाखा अधिकृत रविन्द्र पौडेललाई प्रतिवादी बनाइएको छ। त्यस्तै, सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल, सुरक्षण मुद्रणकै तत्कालीन लेखा अघिकृत विष्णुप्रसाद गौतम, शाखा अधिकृत हरिवल्लभ घिमिरे र केन्द्रका तत्कालीन परामर्शदाता शक्तिप्रसाद श्रेष्ठलाई पनि विपक्षी बनाइएकोछ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलिले पाए दुई तिहाई बिश्वासको मत
एक बर्ष अगाडि

साउन ६ काठमाडौ ।प्रधानमन्त्री केपी शर्मा ओलिले आज दुई तिहाई बिश्वासको मत प्राप्त गरेकाछन।प्रधानमन्त् ...

छुटाउनुभयो कि ?

TOP