प्रधानमन्त्री केपी शर्मा ओलिले पाए दुई तिहाई बिश्वासको मत

साउन ६ काठमाडौ ।प्रधानमन्त्री केपी शर्मा ओलिले आज दुई तिहाई बिश्वासको मत प्राप्त गरेकाछन।प्रधानमन्त्रीले आफुलाइ मतदान गर्न प्रतिनिधि सभामा  राखेको प्रस्ताबमा १८८ साम्सदले पक्षमा मतदान गरेका हुन।

आइतबार भएको मतदानको विपक्षमा ७४ मत परेको थियो।१ साम्सद तटस्थमा बसेका थिए ।प्रतिनिधि सभामा जम्मा २७५ जना सदस्यहरु रहेकाछन।जसमा आज मतदान को लागि २६३ साम्सदको उपास्थिती रहेको थियो।

नेकपा एमाले पार्टी ,नेपाली काङ्ग्रेस पार्टी ,जनता समाजबादी पार्टी ,लोकतान्त्रिक समाजबादी पार्टी ,जनमत पार्टीले प्रधानमन्त्री केपी  शर्मा ओलिलाई मतदान गरेका थिए।केही स्वतन्त्र साम्सदले समेत पक्षमा मतदान गरेका थिए।

त्यसैगरी विपक्षमा नेकपा माओवादी केन्द्र पार्टी ,राष्ट्रीय स्वतन्त्र पार्टी ,एकीकृत समाजबादी पार्टी  लगाएतले मतदान गरेका हुन।मजदुर किसान पार्टीले भने तटस्थमा मतदान गरेका थियो।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

सांसदको बजेट कटौती गर्न अर्थमन्त्रीलाई सुझाव
3 बर्ष अगाडि

१९ चैत, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा स्थानीय विकास साझेदार कार्यक्रममा प्रत्येक सा ...

छुटाउनुभयो कि ?

TOP