गृहिणी महिला संघ नेपालले थापाथली प्रस्तुति गृहमा खाद्यान्न ,लत्ताकपडा र स्वास्थ सामाग्री बितरण गर्यो

गृहिणी महिला संघ नेपालले थापाथली प्रस्तुति गृहमा खाद्यान्न  ,लत्ताकपडा र स्वास्थ सामाग्री बितरण गर्यो

काठमाडौ ।गृहिणी महिला संघ नेपालले आज आइतबार थापाथली प्रस्तुती गृहमा ७५  सुत्केरी तथा सिसुहरुलाइ  स्वास्थ्य सामाग्री ,लत्ताकपडा तथा पोस्टिक आहार बितरण गरेकोछ।सस्थाको एघारौं बार्सिक उत्सबको उपलक्ष्यमा सस्थाकी केन्द्रिय अध्यक्षको नेतृत्वमा अस्पताल पुगेको केन्द्रिय  पदाधिकारीहरुको टिमले बेडमै पुगेर आबश्यक सामाग्री  बितरण गरेको हो। थापाथली प्रस्तुती गृहका निर्देशक श्रीप्रसाद अधिकारीले गृहिणी संघ नेपालको यस्तो परोपकारी भावनाको उच्च कदर गर्दै  खुशी व्यक्त गर्नु भयो।निम्न बर्गिय परिवारमा लक्ष्यित गरि प्रस्तुति गृह छनोट गरि हातेमालो गर्ने अबसर पाएकोमा अस्पतालका उप-प्रमुख डा.सन्देश पौडेलले आफुहरु सामाजिक कार्यमा सधै हातेमालो गरिरहने बिश्वास ब्यक्त गर्नु भयो। डा.कस्तुरी मल्ल र अस्पताल नर्सिङ इन्चार्ज इन्दिरा ढुङ्गेलको पहलमा अस्पताल र गृहिणी संघको बिचमा सहकार्यको अनुकूल बाताबरण सिर्जना गर्नु भएको थियो।पशुपति बिस्कुटले खाद्य सामाग्री उपलब्ध गराएको थियो।समाजसेबी विशाल भण्डारी र आजिबन सदस्यहरुले पुराउनु भएको सहयोग प्रती सस्थाकी अध्यक्ष अमृता शर्माले स-धन्यवाद सहित आभार व्यक्त गर्नु भयो।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलिले पाए दुई तिहाई बिश्वासको मत
एक बर्ष अगाडि

साउन ६ काठमाडौ ।प्रधानमन्त्री केपी शर्मा ओलिले आज दुई तिहाई बिश्वासको मत प्राप्त गरेकाछन।प्रधानमन्त् ...

छुटाउनुभयो कि ?

TOP