टोखामा सूचना हक प्रबर्द्धनमा सार्बजनिक निकायको भूमिका अन्तरकृया सम्पन्न

टोखामा सूचना  हक प्रबर्द्धनमा सार्बजनिक निकायको भूमिका अन्तरकृया सम्पन्न

काठमाडौ ।टोखा नगरपालिका र सूचना हकको लागि रास्ट्रीय महासंघले बिहीवार टोखा नगरपालिकामा जनप्रतिनिधि ,कर्मचारीहरु बिचमा अन्तर्किया कार्यक्रम सप्पन्न  गर्यो।नगरपालिकाको आफ्नै हलमा भएको कार्यक्रममा नगरप्रमुख,वडा अध्यक्षहरु ,सदस्यहरु,सूचना अधिकारीहरुको बाक्लो उपस्तिथि रहेको थियो।नेपालको संविधानले सूचना हक पाउने सुनिश्चित गरेकोछ।सुचना हकको लागि रास्ट्रीय महासंघका उमेद बाग्चन्दले सुचना हक को बारेमा सबिस्तार ब्याख्या गरेका थिए। सार्बजनिक निकायमा बसेकाले सूचना लुकाउन नपाउने उनले जानकारी दिए।कसैले सार्बजनिक पदमा बसेर नागरिकले पाउने सूचना हक दिदैन र जानाजानी सुचना लुकाउछ वा बन्चित गर्छ भने त्यस्ता ब्यक्तिले संविधान अनुरुप दन्डित हुनुपर्ने बताए ।कार्यक्रममा एउटा बृतचित्र समेत देखाइएको थियो।जस्मा धनगढीमा भएको एक पत्रकार हत्या घटना सुचना पाउन सकेको कारण मात्र निजका परिवारले क्षतिपूर्ति पाएको भन्ने कुराको दृश्य मार्फत देखाइएको थियो। रास्ट्रीय सूचना आयोगका रत्नप्रसाद मैनालीले सूचना दिनिपर्ने ठाँउमा बसेका सूचना अधिकारीहरु अझै जिम्मेवार बन्नुपर्ने बताए ।टोखा नगरपालिका प्रशासकीय अधिकृत शेरबहादुर बिसिले सुचनाको हक सम्बन्धि कार्यक्रम गर्न पाउदा आफुहरु निक्कै खुशी भएको र आगामी दिनमा टोखा नगरपालिका भित्रका सबै सुचना अधिकारीहरुलाई राखेर तालिम दिने उद्घोषण समेत गरे।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

परदेशी सन्तान तिज गितको भिडियो शार्बजनिक
एक बर्ष अगाडि

असार २८ काठमाडौ ।सन्तोष क्षेत्रीको नया युटुब च्यानल मार्फत "परदेशी सन्तान "नामक बोलको तीज ...

छुटाउनुभयो कि ?

TOP