साउनमा पशुपतिमा हुने बिराट महायज्ञमा टेलिभिजनमा देखेका प्रसिद्ध कथाबाचकहरु आउने

साउनमा पशुपतिमा हुने बिराट महायज्ञमा टेलिभिजनमा देखेका प्रसिद्ध कथाबाचकहरु आउने

काठमाडौ ।पशुपति क्षेत्रमा साउन महिना अबधिभर  बिराट महायज्ञ आयोजना हुने भएकोछ।मानव सेवा फाउन्डेसनले सन्चालन गर्न लागेको सो  कार्यक्रमका सम्पूर्ण तयारीहरु समेत  पुरा भैसकेको  बजार ब्यबस्थापन प्रमुख लिलारमण निरौलाले बताए।लोकप्रिय कथा बाचकहरु  उपस्थित हुने महायज्ञको प्रचार प्रचार ब्यापकरुपमा भैरहेकोछ।महायज्ञ अबधिभर दिनबन्धु पोख्रेल ,देबि प्रतिभा ,राधिका दासिले प्रबचन दिनेछन। १०८ श्रीमद्भागवत बिश्व कल्याण महायज्ञ कार्यक्रममा देशैभरका मठ मन्दिरका प्रमुख ,साधु सन्त ,महन्त ,अन्य प्रसिद्ध कथा बाचकहरु उपस्थित रहनेछन।भारत लगायत तेस्रो मुलुकबाट समेत विशिष्ट ब्यक्तिहरु आउनेछन।सबै तिर निमन्त्रणा पुराइ सकेको भएपनी कहि कतै छुटेको भए "सर्बाधिक महत्त्व "रहेको यश कार्यक्रममा जोडिन आयोजकले आग्रह गरेकोछ।रास्ट्रीय कलाकार तथा राजनैतिक ब्यक्तिवहरुको समेत बाक्लो उपस्थिती रहनेछन।ललितपुर बाडे गाउँमा संचालित मामा घर आश्रम ,भक्तपुर चागुनारायणमा संचालित छोरी घर र जेष्ठ नागरिक आश्रमलाई स्थायित्व दिने मुख्य उदेश्य रहेको कार्यक्रम साउन १ गतेदेखि ३२ गतेसम्म अखण्ड सन्चालन हुनेछ।सनातन हिन्दु धर्म मान्ने सम्पूर्ण भक्तहरुलाइ महान कार्यमा उपस्थितभै "सके दान नसके हे भगवान "भन्दै आफू र आफ्नो परिवारको कल्याणको निम्ति परिवार सहित उपस्तिथि हुन आयोजकले सम्पुर्णमा यसै सुचनालाई  चुलो निम्तो सम्म्झिन आग्रह सहित अनुरोध गरेकोछ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

१ लाख २ हजार ७ सय ११ लाइसेन्स नक्कली ,६ जना परे पक्राउ
एक बर्ष अगाडि

साउन २५ काठमाडौ ।के तपाईंले पैसा खुवाएर लाइसेन्स निकाल्नु भएकोछ?त्यसो हो भने त्यो तपाईंले प्रयोग गरे ...

छुटाउनुभयो कि ?

TOP