इटहरी ।समालोचक डा.राम्जी तिमिल्सिना हराएको पाँच दिन भैसक्दापनी अझै फेला पर्न सकिरहेकाछैनन ।४८ बर्षिय उनका श्रीमती र दुई छोरीहरु छन।
म बराहक्षेत्रमा जल समाधिमा लिदैछु ,अल बिदा भनेर लेखिएको चिकर्टो कागज घरमै छोडेर बेपत्ता भएका उनको अवस्था अहिलेसम्म कुनै पत्तो पाउन सकिएकोछैन।प्रहरीमा परिवारले खोजिदिन निवेदन दिएसगै खोजी कार्य भने भैरहेकोछ। इटहरी जिल्ला प्रमुख अधिकारी ,प्रहरी प्रमुख ,ससस्त्र प्रहरी बलको पनि खोजी कार्यमा उल्लेख सहयोग भएको परिवारले बताएकोछ।
चतरा क्षेत्र आसपासमा सस्त्र प्रहरी बल बाहिनीले कोशी नदि र यसका आसपास क्षेत्रमा पनि खोजिसकेकाछन। आफन्त ,इस्ट्मित्र,शुभेच्छुकहरु खोजी कार्यमा लागि परेको भएपनी अविरल बर्षादका कारण खोजी कार्यमा कठिनाइ हुन पुगेकोछ।
साहित्य क्षेत्रमा कलम चलाउदै समालोचक भुमिकामा देखिदै आएका डा.तिमिल्सिना धरान स्थित महेन्द्र बहुमुखी क्याम्पस र इटहरी स्थित कोशी कलेजमा अध्यापन गराउदै आएका थिए ।उनीले प्रायः पुर्बान्चलका साहित्य कार्यक्रमहरुमा पनि आफ्नो बाक्लो उपस्थित देखाउने गरेका थिए।
प्रभुत्व ब्याक्तित्व जो अरु मानिसहरुमा समेत बाच्नुपर्छ भनेर प्रेरणा र हौसला थप्थे तर आज उनी स्वयंले समाधिमा जादैछु,अल बिदा भनेर बेपत्ता भएपछि परिवारमा थप चिन्ता थपिदिएकोछ।
१९ चैत, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा स्थानीय विकास साझेदार कार्यक्रममा प्रत्येक सा ...
प्रतिक्रिया