बिद्यार्थिहरुको लागि शनिबार मात्र बोल्ने कलाको तालिम ।

काठमाडौ ।यल्लो टाइगर मुभिज एन्ड इन्टरटेन्मेन्ट डान्स सेन्टर खरिबोट बनस्थलीले साप्ताहिक उद्घोषण तालिम सन्चालन गरिरहेकोछ।१५ बर्ष मुनिका बिद्यार्थीको लागि लक्ष्यित गरेर उद्घोषण तालिम सन्चालन गरिएको यल्लो टाइगरकि  अध्यक्ष सुस्मा सिंहले जानकारी दिइन।प्रत्येक हप्ताको शनिवार ११.३० बजे देखि ४.३० बजेसम्म संचालित तालीममा ३० जना बिद्यार्थीहरुको सहभागीता रहेकोछ।बालबालिकाहरुको लागि बोल्ने कला तथा ब्यक्तित्व बिकास  गराउने उदेश्यले संचालित कार्यक्रमको पनि आज तेस्रो हप्ता हो।आउने हप्ताको शनिवार कार्यक्रमको समापन हुने बताइएकोछ।एक महिना पुगेपछि नयाँ अर्को कार्यक्रम पुनः  संचालन हुनेछ । इच्छुकले नयाँ कक्षाको लागि सम्पर्क  गर्न सकिने समेत बताइएकोछ।कार्यक्रम अत्यन्त प्रभाबकारी बनिरहेको स्वयं बिद्यार्थीहरुले बताएकाछन। प्रशिक्षक बिष्णुमाया पौडेलको मनोबैज्ञानिक ढंगको सिकाइले विद्यार्थीहरु उत्साहित देखिन्थे ।आफुले सिकाएका कुराहरू बिद्यार्थीले राम्रोसँग ग्रहण गरिरहेका र उनिहरुमा निक्कै परिवर्तन हुँदै जानुले आफुलाइ निक्कै खुशी मिलेको प्रशिक्षक पौडेलले बताइन।

प्रतिक्रिया

सम्बन्धित समाचार

स्थानीय निर्वाचन उम्मेदवारी दर्ता आज र भोली, यी १८ प्रतिबद्धता घोषणा गर्नुपर्ने
2 बर्ष अगाडि

ती यस प्रकारण छन् : १. संविधानप्रति निष्ठावानस रहेको घोषणा गर्नुपर्नेछ । २. २१ वर्ष पूरा भएको ...

छुटाउनुभयो कि ?

TOP