पशुपति क्षेत्र बिकास कोषको कार्यकारी निर्देशक पदमा सुभाष चन्द्र जोशी नियुक्त

पशुपति क्षेत्र बिकास कोषको कार्यकारी निर्देशक पदमा सुभाष चन्द्र जोशी नियुक्त

असार १७ काठमाडौ । पशुपति क्षेत्र बिकास कोषले आज सोमबारबाट ४ बर्षको लागि नयाँ कार्यकारी निर्देशक पाएकोछ ।सुभाष चन्द्र जोशी नयाँ कार्यकारी निर्देशकमा नियुक्त भएका हुन ।आज बसेको पशुपति क्षेत्र विकास कोष संचालक परिषद बैठकले उनलाइ नियुक्त गरेको हो । कोषमा ६ महिना यतादेखि कार्यकारी पद खाली थियो ।

नियुक्ति भए  लगतै  मन्त्रालयले कार्यकारी पदमा सुभाष चन्द्र जोशीलाई  सपथ ग्रहण समेत गराएको थियो । ७ जनाको बिचमा प्रतिस्पर्धा हुँदै छानिएका  उतकृष्ट ३ जना मद्धेबाट  उनी नियुक्त भएका हुन ।

कार्यकारी पदमा नियुक्ति भएसँगै कार्यकारी सुभाष चन्द्र जोशीले आजै  पशुपति क्षेत्र  विकास कोष पुगेर पदभार ग्रहण गरेका थिए ।

नयाँ कार्यकारी पदमा सुभाष चन्द्र जोशी आएसँगै सदस्य सचिव, संचालक परिषद सदस्यहरूका साथै कोषका कर्मचारीहरुले स्वागत समेत गरेका  थिए ।पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवति रमण अधिकारीले सम्पुर्ण कर्मचारीहरुको परिचय गराउँदै वर्तमान बस्तुस्थितिको बारेमा जानकारी गराएका थिए ।

 आफना केही भनाइहरु राखेपछि  कार्यकारी जोशी पशुपति मन्दिर पुगेर दर्शन गर्दै मुलभट्ट पुजारीको आशीर्वाद समेत लिएका थिए।शिक्षा क्षेत्रको दुई दशक लामो ब्यवस्थापकिय अनुभव रहेको उनले रेड मिडियालाई बताए ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

छुटाउनुभयो कि ?

TOP