नेपाल वैदेशिक रोजगार व्यावसायि संघको ३२औ स्थापना तथा ३० औं साधरण सभा सप्पन्न

नेपाल वैदेशिक रोजगार व्यावसायि  संघको ३२औ स्थापना तथा ३० औं साधरण सभा सप्पन्न

असार १७ काठमाडौ ।नेपाल वैदेशिक  रोजगार व्यावसायि संघको ३२ औं स्थापना दिबस तथा ३० औं बार्षिक साधारण सभा आज काठमाडौमा भब्यरूपमा सप्पन्न भएकोछ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालको प्रमुख आतिथ्यतामा सप्पन्न कार्यक्रममा माननीय साम्सद तथा पुर्ब अध्यक्ष लालप्रसाद सावा लिम्बु ,श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचीव घनश्याम उपाध्याय ,नेपाल उधोग बाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालको उपस्तिथि रहेको थियो।

त्यसै गरि नेपाल उधोग बाणिज्य महासंघ  बस्तुगत संघका उपाध्यक्ष हेमराज ढकाल ,वैदेशिक रोजगार ब्यबस्थापन महाशाखा प्रमुख सह -सचीव गोबिन्दप्रसाद रिजाल ,नेपाल वैदेशिक रोजगार व्यावसायि संघका पुर्ब अध्यक्षहरु,बर्तमान कार्यसमिति ,सल्लाहकार तथा ५०० को सङ्ख्यामा मेनपावर व्यावसायिहरुको उपस्थित रहेको थियो।

नेपाल वैदेशिक रोजगार व्यावसायि संघका प्रथम उपाध्यक्ष डिकबहादुर खत्रीले स्वागत मन्तव्य राख्नुभएको थियो।सम्पुर्ण व्यावसायिहरुको प्रतिनिधित्व गर्दै संघका अध्यक्ष राजेन्द्र भण्डारीले मन्त्रीको बिचमा व्यावसायिक तथा श्रमिकहरुका  समस्याहरुको राख्नु भएको थियो।नेपाल वैदेशिक रोजगार व्यावसायि संघको महासचिव मेघनाथ भुर्तेलले कार्यक्रम सन्चालन गर्नु भएको थियो।कार्यक्रममा केहि ब्याक्तित्वहरुको सम्मान समेत गरिएको थियो।औपचारिक कार्यक्रमपछी साधारण सभा समेत सौहार्दपुर्ण बाताबरणमा सप्पन्न भएको थियो।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

छुटाउनुभयो कि ?

TOP