आजै केपि शर्मा ओलि प्रधानमन्त्री बन्दै

आजै केपि शर्मा ओलि प्रधानमन्त्री बन्दै

असार १८ काठमाडौ ।सत्ता समीकरणमा नयाँ  सत्ता समीकरण बन्ने निश्चित प्रायः भएकोछ।ठुला दल नेकपा एमाले र नेपाली काङ्ग्रेस बिचमा भएको ७ बुदे सहमतिपछि दुई दल सरकार निर्माणको आन्तरिक तयारीमा जुटेकाछन।

एमाले र काङ्ग्रेसले आलोपालो सरकारको नेतृत्व गर्ने गरि सहमति गरेकाछन।अहिले नेकपा एमालेका केपी शर्मा ओलि प्रधानमन्त्री हुने र डेढ बर्षपछि शेरबहादुर देउवा प्रधानमन्त्री बनेर चुनाव गराउने कुरामा एकमत भएका छन। उनिहरु यति बेला अन्य साना दलहरुसग समेत सम्बादमा जुटेकाछन।


आजै प्रधानमन्त्री प्रचण्डलाई हटाएर केपी ओलि प्रधानमन्त्री बन्ने र सानो आकारको मन्त्री मण्डल गठन गर्ने समेत तयारी भैसकेको राजनैतिक श्रोतले जनाएकोछ।

अल्पमतमा प्रचण्ड सरकार परेसगै प्रधानमन्त्री प्रचण्ड ,माधब नेपाल  र गृहमन्त्री रबि लामिछानेले पनि आफ्नो पार्टी भित्र बर्तमान अवस्थाको बारेमा छलफल गरिरहेकाछन।उनिहरुले पनि एकमुष्ट रूपमा आधिकारिक धारणा बाहिर ल्याउने वा छुट्टाछुट्टै हिसाबमा सरकार अपधोस्त गर्न लागिएको विषयमा जनतालाई जानकारी दिने कुरामा समेत छलफल भैरहेको बुझिएकोछ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

एकै दिन कोमल ओलिको" साथी सङ्गी "र बिष्णुमाया पौडेलको "साथी "तिज गित शार्बजनिक
एक बर्ष अगाडि

काठमाडौ ।हरितालिका तिज नजिकिदै जादा भटाभट तिजका नया नया गितहरु बजारमा आउन थालेकाछन।सोमबार मात्रै असा ...

छुटाउनुभयो कि ?

TOP