प्रधानमन्त्री प्रचण्डले बुधबार राजिनामा नदिए हटाउने :एमाले बैठकको निर्णय

असार १८ काठमाडौ ।आजै प्रधानमन्त्री प्रचण्डलाई  सरकारबाट  हटाएर नेकपा एमाले अध्यक्ष  केपी शर्मा  ओलि प्रधानमन्त्री बन्ने अबस्थामा नेकपा एमाले र काङ्ग्रेस एकमत भैसकेको  अबस्थामा भोलि सम्म कुरि दिन प्रचण्डले दुई ठुला दललाई गरेको आग्रह अनुसार आज एकदिन प्रचण्डनै प्रधानमन्त्री हुने भएकाछन।

 बुधबार भोलि दिउँसोसम्म  प्रचण्डले राजीनामा दिनेछन। एमालेले पार्टी बैठकमा  प्रचण्डको राजीनामा मागेको कुरालाई मार्ग प्रसस्त भनेर लेखी दिएर प्रचण्डकै अनुरोधमा सजिलो बाताबरण बनाइदिएको श्रोतको दाबी छ।

एमाले र काङ्ग्रेसले आज एक दिन कुरेको भएपनी भोलि प्रचण्डले राजीनामा नदिए जबर्जस्ति हटाउने तयारी समेत गरेकोछ।ठुला दल नेकपा एमाले र नेपाली काङ्ग्रेस बिचमा भएको ७ बुदे सहमतिपछि दुई दल सरकार निर्माणको आन्तरिक तयारीमा जुटेका हुन।

एमाले र काङ्ग्रेसले आलोपालो सरकारको नेतृत्व गर्ने गरि सहमति गरेकाछन।अहिले नेकपा एमालेका केपी शर्मा  ओलि प्रधानमन्त्री हुने र डेढ  बर्षपछि शेरबहादुर देउवा प्रधानमन्त्री बनेर चुनाव गराउने कुरामा एकमत भएका उनिहरु यति बेला अन्य साना दलहरुसग समेत सम्बादमा जुटेकाछन।


आजै प्रधानमन्त्री प्रचण्डलाई हटाएर केपी ओलि प्रधानमन्त्री बन्ने र सानो आकारको मन्त्री मण्डल गठन गर्ने समेत तयारी भैसकेको अवस्थामा  प्रचण्डले गरेको अनुरोधलाई दुई दलले स्विकारेको बुझिएकोछ।एमाले र काङ्ग्रेसले मन्त्री भागबन्डा मिलाइसकेको ,ओलि प्रधानमन्त्री बनेसगै सानो आकारको मन्त्री मण्डल बनाउने तयारी गरिसकेकोछ र बाकी मन्त्री पनि एक साता भित्र टुंगोमा पुराउने सहमति समेत गरेकाछन।

अल्पमतमा प्रचण्ड सरकार परेसगै प्रधानमन्त्री प्रचण्ड ,माधब नेपाल  र गृहमन्त्री रबि लामिछानेले पनि आफ्नो पार्टी भित्र बर्तमान अवस्थाको बारेमा छलफल गरिरहेकाछन।उनिहरुले पनि एकमुष्ट रूपमा आधिकारिक धारणा बाहिर ल्याउने वा छुट्टाछुट्टै हिसाबमा सरकार अपधोस्त गर्न लागिएको विषयमा जनतालाई जानकारी दिने कुरामा समेत छलफल भैरहेको बुझिएकोछ।

प्रतिक्रिया

सम्बन्धित समाचार

सांसदको बजेट कटौती गर्न अर्थमन्त्रीलाई सुझाव
3 बर्ष अगाडि

१९ चैत, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा स्थानीय विकास साझेदार कार्यक्रममा प्रत्येक सा ...

छुटाउनुभयो कि ?

TOP