चर्चामा
काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालअन्तर्गतको इन्टेलिजेन्स ब्युरोले लागूऔषध नियन्त्रणसम्बन्धी विशेष सूचनाका आधारमा बारा जिल्लामा कारबाही गर्दै दुई जनालाई पक्राउ गरेको छ।ब्युरोका अनुसार २०८३ असोज ८ गते बिहीबार बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका–५, बकुलियास्थित वीरगञ्ज–पथलैया सडकखण्डमा गरिएको विशेष निगरानी तथा कारबाहीका क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।पक्राउ पर्नेमा पर्सा जिल्लाको सखुवाप्रसौनी गाउँपालिका–४ का २८ वर्षीय हुस्नेन अन्सारी र वीरगञ्ज महानगरपालिका–१४ का १८ वर्षीय राजनकुमार पासवान रहेका छन्।विशेष सूचनापछि इन्टेलिजेन्स ब्युरोले केही समयदेखि उनीहरूको गतिविधिमाथि निगरानी राख्दै आएको बताइएको छ। सूचनाको विश्लेषण तथा आवश्यक रेकीपछि लक्षित स्थानमा टोली परिचालन गरी कारबाही गरिएको स्रोतले जनाएको छ।कारबाहीका क्रममा उनीहरूको साथबाट ब्राउन सुगर ८० ग्राम तौल, तीन थान मोबाइल फोन, एउटा मोटरसाइकल, नगद १ हजार १ सय १० रुपैयाँ तथा एटीएम कार्ड बरामद गरिएको छ।पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि बारा जिल्ला प्रहरी कार्यालयको जिम्मा लगाइएको छ। प्रहरीले लागूऔषधको स्रोत, सम्भावित सञ्जाल तथा ओसारपसारसँग सम्बन्धित अन्य पक्षबारे पनि अनुसन्धान अघि बढाएको जनाएको छ।सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्युरोले पछिल्लो समय लागूऔषध नियन्त्रणका लागि सूचना संकलन, विश्लेषण र गोप्य निगरानीलाई प्राथमिकता दिँदै विभिन्न जिल्लामा लक्षित कारबाही सञ्चालन गर्दै आएको छ।ब्युरो प्रमुख डीआईजी दिपेन्द्र शाहको नेतृत्वमा सूचनामा आधारित अप्रेसनलाई प्रभावकारी बनाउने प्रयास भइरहेको सुरक्षा स्रोतहरू बताउँछन्। लागूऔषधको ओसारपसार तथा कारोबार नियन्त्रणका लागि सम्बन्धित निकायबीच समन्वय र सूचनाको आदानप्रदानलाई पनि प्राथमिकतामा राखिएको जनाइएको छ।सुरक्षा निकायका अनुसार लागूऔषध नियन्त्रणमा केवल खुला कारबाही मात्र नभई सूचना संकलन, निगरानी र लक्षित अप्रेसन पनि उत्तिकै महत्वपूर्ण हुने गरेका छन्। बारामा गरिएको पछिल्लो कारबाहीलाई पनि सोही रणनीतिअनुसार सञ्चालन गरिएको जनाइएको छ।लागूऔषधको बढ्दो प्रयोग र ओसारपसारलाई नियन्त्रण गर्न सुरक्षा निकायले आगामी दिनमा पनि यस्ता कारबाहीलाई निरन्तरता दिने बताएका छन्।
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!