चर्चामा
धादिङ । अविरल वर्षासँगै पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका-७ स्थित कृष्णभीरमा ठूलो पहिरो खसेपछि मुग्लिन-काठमाडौं सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। ढुङ्गा र ठूला चट्टानसहितको पहिरो सडकमा खसेपछि दुवैतर्फको यातायात ठप्प भएको हो। पहिरोका कारण राजमार्गमा सवारीसाधनको लामो लाइन लागेको छ भने यात्रुहरू बीचबाटोमै अलपत्र परेका छन्।
लगातार वर्षा भइरहेकाले कृष्णभीर आसपास थप पहिरो खस्ने जोखिमसमेत रहेको छ। सडक खुलाउन सडक डिभिजन तथा सुरक्षा निकायले पहिरो हटाउने तयारी गरिरहेका छन्।
वर्षा नरोकिएकाले पहिरो पन्छाउने काममा समेत चुनौती देखिएको छ। मुग्लिन–काठमाडौं यात्रा गर्ने यात्रुलाई सडकको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरिएको छ।
दक्षिण प्रशान्त क्षेत्रमा रहेको भानुआटु नजिक अक्टोबर २४ मा ६.९ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!