चर्चामा
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आधा किलोभन्दा बढी सुनसहित दुई जना पक्राउ परेका छन्। प्रहरीका अनुसार कतारको दोहाबाट काठमाडौं आएका ४२ वर्षीय भारतीय नागरिक मोहम्मद चेरा थोडीलाई विमानस्थलको पार्किङ क्षेत्रबाट पक्राउ गरिएको हो। उनको साथबाट ५३६ ग्राम सुन बरामद भएको प्रहरीले जनाएको छ। यस्तै, कतारबाटै आएका बाराको पचरौता नगरपालिका–१ पिपरपाटीका ३३ वर्षीय अनिश अन्सारी पनि सुनसहित पक्राउ परेका छन्। उनको साथबाट ६९.६ ग्राम सुन बरामद भएको छ। दुवै जनालाई बरामद सुनसहित थप अनुसन्धानका लागि प्रहरी वृत्त गौशाला पठाइएको विमानस्थल सुरक्षा प्रहरी कार्यालयले जनाएको छ।
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आगामी असोज २२ गतेका लागि बोलाएको सभा बैठकप्रति विश्वविद्यालयसँग ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!