चर्चामा
काठमाडौ ।पूर्वमन्त्री रञ्जिता श्रेष्ठले नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक गर्दै अर्थपूर्ण अभिव्यक्ति दिएकी छन्।
श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रचण्डसँगै उभिएको तस्वीर सार्वजनिक गर्दै आफ्नो सामर्थ्य प्रमाणित गर्न कसैसँग हारगुहार नगर्ने र आफ्नो निर्णयको औचित्य पुष्टि गर्न सबैलाई स्पष्टीकरण दिइरहनु नपर्ने उल्लेख गरेकी छन्।
उनले आफ्नो धैर्यलाई सहमति, मौनतालाई कमजोरी र शिथिलतालाई विवशता नठान्न चेतावनीसमेत दिएकी छन्। परिस्थितिअनुसार चल्ने होइन, परिस्थितिलाई आफ्नै पक्षमा बदल्न सक्ने क्षमता आफूमा रहेको उनको भनाइ छ।
श्रेष्ठको यो अभिव्यक्ति र प्रचण्डसँगको तस्वीर सार्वजनिक भएपछि उनको राजनीतिक अभिव्यक्तिलाई लिएर विभिन्न अड्कलबाजी सुरु भएको छ।
यद्यपि, श्रेष्ठले उक्त तस्वीर सार्वजनिक गर्नुको उद्देश्य र अभिव्यक्तिको राजनीतिक सन्दर्भ भने खुलाएकी छैनन्। तस्वीर र अभिव्यक्तिले कुनै नयाँ राजनीतिक समीकरण वा सहकार्यको संकेत गरेको हो वा होइन भन्नेबारे पनि उनले स्पष्ट पारेकी छैनन्।
काठमाडौँ । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको डेरा इस्माइल खान जिल्लामा रहेको करिब २०० वर्ष पुरान ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!