एमाले भ्रष्टाचारीको पार्टी, एकता सम्भव छैन : प्रचण्ड

एमाले भ्रष्टाचारीको पार्टी, एकता सम्भव छैन : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग पार्टी एकताको सम्भावना नरहेको बताउनुभएको छ । उहाँले एमालेलाई भ्रष्टाचारीको पार्टीको संज्ञा दिँदै यस्तो पार्टीसँग एकता सम्भव नभएको धारणा व्यक्त गर्नुभएको हो ।

शनिबार काठमाडौंको पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले एमालेप्रति कडा टिप्पणी गर्नुभएको हो ।

नेपाली कम्युनिष्ट पार्टीले दुई महिने राष्ट्रिय जागरण अभियान सुरु गरेको अवसरमा आयोजित पत्रकार सम्मेलनमा उहाँले वर्तमान राजनीतिक परिस्थितिबारे आफ्नो धारणा राख्नुभएको थियो ।

पार्टीले कात्तिक ७ गतेदेखि मङ्सिर २५ गतेसम्म सञ्चालन गर्ने अभियानमार्फत जनताका समस्या बुझ्ने, पार्टी संगठन सुदृढ गर्ने र राजनीतिक तथा आर्थिक संकटबारे जनतालाई जानकारी गराउने जनाएको छ ।

एमालेसँगको एकताबारे प्रचण्डको अभिव्यक्तिले दुई कम्युनिष्ट पार्टीबीचको राजनीतिक सम्बन्ध र सहकार्यको सम्भावनाबारे फेरि बहस सिर्जना गरेको छ ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

छुटाउनुभयो कि ?

TOP