चर्चामा
पाँचथर । खुकुरी देखाएर धाकधम्की दिएको आरोपमा पाँचथर प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ परेका युवकको साथबाट खुकुरीसँगै गोली र बारुदसमेत बरामद भएको छ। पक्राउ पर्नेमा फिदिम नगरपालिका-६ शिवाका ३२ वर्षीय सुसन तुम्रोक रहेका छन्। उनलाई कुम्मायक गाउँपालिका-१ यासोक बजारबाट सोमबार पक्राउ गरिएको हो।
प्रहरीले उनको साथबाट दापसहित दुई थान खुकुरी, इन्सास राइफलमा प्रयोग हुने एक राउण्ड गोली र २७.७१ ग्राम बारुद बरामद गरेको जनाएको छ। तुम्रोकविरुद्ध हातहतियार तथा खरखजाना र विस्फोटक पदार्थसम्बन्धी कसुरमा अनुसन्धान गर्न जिल्ला अदालत पाँचथरले पाँच दिनको म्याद थप गरेको छ।
धनुषामा पेस्तोल देखाउँदै भिडियो बनाएको आरोपमा एक युवती पक्राउ परेकी छन्।सामाजिक सञ्जालमा पेस्तोल देख ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!