चर्चामा
वीरगञ्ज । सीमामा हुने शंकास्पद गतिविधिमाथि निगरानी बढाइरहेको सशस्त्र प्रहरी बल नेपाल इन्टेलिजेन्स ब्युरोले वीरगञ्जबाट हतियार तथा गोली बरामद गरेको छ।बुधबार साँझ करिब ७ः३० बजे ब्युरोबाट परिचालित टोलीले वीरगञ्ज महानगरपालिका–१५ स्थित बास्तु विहार चोक नजिक शंकास्पद अवस्थामा रोकिराखेको UP 16 AJ 3301 नम्बरको सेतो भारतीय कार जाँच गरेको थियो।जाँचका क्रममा कारबाट २ थान सिक्सर, २ थान कट्टुवा पेस्तोल र ७.६२ एमएम एसएलआरका ६ राउन्ड गोली बरामद भएको जनाइएको छ।बरामद हतियार तथा गोली आवश्यक अनुसन्धान र कारबाहीका लागि सशस्त्र प्रहरी बल नेपाल नं. १३ गणलाई बुझाइएको छ। टोलीले प्राप्त सूचनाका आधारमा शंकास्पद गतिविधिमाथि निगरानी गरी कारबाही अघि बढाएको बताइएको छ।
पछिल्लो समय इन्टेलिजेन्स ब्युरोले सूचना संकलन, विश्लेषण र परिचालनलाई प्रभावकारी बनाउँदै सीमावर्ती क्षेत्रमा हुने लागुऔषध, तस्करी तथा हतियार ओसारपसारजस्ता गतिविधिमाथि निगरानी बढाएको सुरक्षा स्रोतहरूको भनाइ छ।
तनहुँ । दसैँको फूलपातीका अवसरमा तनहुँको बन्दीपुरस्थित प्रसिद्ध खड्गदेवी मन्दिरमा पूजाआजा गर्ने भक्तज ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!