चर्चामा
गोरखा, ३१ असोज । बूढीगण्डकी नदीको बाढीले पुल बगाएपछि गोरखाको धार्चे गाउँपालिका-स्थित केरौजावेशीमा खाद्यान्न पुर्याउन स्थानीयले तार र घिर्नीको सहारा लिन थालेका छन्।
खोर्लाबेसी र केरौजावेशी जोड्ने झोलुङ्गे पुल बगाएपछि गाउँमा खाद्यान्न ढुवानी रोकिएको थियो। खाद्य संकट हुन नदिन नदी वारपार तार बाँधेर त्यसमा घिर्नीको सहायताले सानो बाकस चलाउने व्यवस्था मिलाइएको गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङले बताए।
उनका अनुसार बाकसमा चामल, नुन, तेल, चिनी लगायतका खाद्यान्न राखेर नदी पार गराइन्छ। त्यसपछि केरौजावेशीतर्फका स्थानीयले बोकेर गाउँसम्म पुर्याउँछन्। केरौजावेशीमा १५ घरधुरी रहेका छन्।
असोज २५ गते आएको बूढीगण्डकीको बाढीले धार्चे गाउँपालिकामा चारवटा झोलुङ्गे पुलसहित दोभान र खोत्राङ जोड्ने बेलिब्रिजसमेत बगाएको छ। पुलहरू क्षतिग्रस्त भएपछि केरौजा, रुन्चेक, हुल्चुक र केरौजावेशीतर्फको आवागमन ठप्प भएको छ।
बाढीका कारण उक्त क्षेत्रका करिब ८०० घरधुरी सम्पर्कविच्छेद भएको बताइएको छ।
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले देश राजनीतिक, आर्थिक तथा सामाजिक संकटमा रहेको निष्कर्षसहित दुई ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!