बाढीपहिरोको कहरः नेपालमा १,४०३ मृतक, ६,१५० बेपत्ता

बाढीपहिरोको कहरः नेपालमा १,४०३ मृतक, ६,१५० बेपत्ता

नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट भएको मानवीय क्षतिको तथ्यांक थप बढेको छ। प्रभावित जिल्लाबाट तथ्यांक संकलन र प्रमाणीकरणपछि नेपालमा ६,१५० जना बेपत्ता रहेको विवरण सार्वजनिक भएको छ।हालसम्म नेपालमा १,४०३ जनाको शव फेला परेको छ। तीमध्ये १०५ जनाको मात्रै पहिचान भएको बताइएको छ। अर्थात् फेला परेका बाँकी शवको पहिचान प्रक्रिया अझै जारी छ।यस्तै, सीमापारि चीनमा ४३ जनाको मृत्यु भएको छ भने ५१९ जना बेपत्ता छन्।यसरी नेपाल र चीन दुवै देशको तथ्यांक जोड्दा मृत्यु हुनेको संख्या १,४४६ पुगेको छ भने कम्तीमा ६,६६९ जना अझै बेपत्ता छन्।विपद्पछि नेपालमा मात्रै पुनर्निर्माणका लागि करिब ४.७८ अर्ब अमेरिकी डलर खर्च लाग्ने प्रारम्भिक अनुमान गरिएको छ। ठूलो मानवीय क्षतिसँगै भौतिक संरचना पुनर्निर्माण पनि सरकारका लागि ठूलो चुनौती बनेको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

शपथपछि गगन थापालाई विश्वप्रकाशको अँगालो, माला लगाउँदा देखियो रोचक दृश्य
1 हप्ता अगाडि

काठमाडौं । शपथग्रहणपछि नेपाली कांग्रेसका सभापति गगन थापा र नेता विश्वप्रकाश शर्माबीचको आत्मीय भेटले ...

छुटाउनुभयो कि ?

TOP