चर्चामा
यस वर्षको बडादशैं असोज २५ गते आइतबारदेखि सुरु हुँदैछ। उक्त दिन घटस्थापना गरी घरघरमा विधिपूर्वक कलश स्थापना तथा जमरा राखिनेछ। घटस्थापना अर्थात् आश्विन शुक्ल प्रतिपदा असोज २५ गते अर्थात् ११ अक्टोबर २०२६ मा परेको छ।घटस्थापनासँगै नवरात्र सुरु हुनेछ। त्यसपछि क्रमशः सप्तमीमा फूलपाती, अष्टमीमा महाअष्टमी, नवमीमा महानवमी हुँदै दशमीमा विजयादशमी मनाइन्छ।
यस वर्षको दशैंका मुख्य दिनहरू यसप्रकार छन्;
- घटस्थापना — असोज २५ गते, आइतबार
- फूलपाती — असोज ३१ गते, शनिबार
- महाअष्टमी — कात्तिक १ गते, आइतबार
- महानवमी — कात्तिक ३ गते, मंगलबार
- विजयादशमी/दशैंको टीका — कात्तिक ४ गते, बुधबार
विजयादशमीका दिन टीका लगाउने मुख्य शुभ साइत बिहान ११ः५३ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। त्यसअघि देवी विसर्जनको साइत बिहान ९ः२३ बजे रहेको छ। टीका ग्रहण गर्ने व्यक्ति पूर्व फर्केर बस्ने र टीका लगाइदिने व्यक्ति पश्चिम फर्केर बस्ने परम्परा तथा समितिको साइतसम्बन्धी जानकारी छ।घटस्थापनाका दिन राखिएको जमरा करिब १० दिन हुर्किएपछि यही विजयादशमीमा टीका र आशीर्वादसँगै ग्रहण गरिन्छ। यसरी यस वर्ष घटस्थापनामा असोजमै जमरा राखिए पनि दशैंको मुख्य टीका भने कात्तिक ४ गते परेको छ।यस वर्ष दशैंको मिति केही ढिलो पर्नुको कारण पात्रोमा परेको अधिकमाससँग सम्बन्धित रहेको पनि पञ्चाङ्गसम्बन्धी स्रोतहरूले उल्लेख गरेका छन्।
काठमाडौं । शपथग्रहणपछि नेपाली कांग्रेसका सभापति गगन थापा र नेता विश्वप्रकाश शर्माबीचको आत्मीय भेटले ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!