चर्चामा
गोरखाको चुमनुब्री गाउँपालिका–१ सामागाउँका युवाहरू जलवायु परिवर्तनले हिमाली क्षेत्रमा बढाइरहेको जोखिमबारे आवाज उठाउन मनास्लु बेस क्याम्प पुगेका छन्।उनीहरूले जलवायु अन्यायविरुद्ध अनिश्चितकालीन भोक हड्ताल घोषणा गरेका हुन्। हिमालमा बढ्दो जोखिमको प्रत्यक्ष असर स्थानीय समुदायले भोगिरहेको भन्दै युवाहरूले यस विषयमा सरकार र अन्तर्राष्ट्रिय समुदायको ध्यान खिच्न अभियान थालेका छन्।हिमाली बस्तीको सुरक्षा, जलवायु परिवर्तनका असर न्यूनीकरण तथा प्रभावित समुदायको आवाजलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा पुर्याउनुपर्ने उनीहरूको माग छ।मनास्लुजस्तो हिमाली क्षेत्रबाटै भोक हड्ताल सुरु गरेर युवाहरूले ‘जलवायु संकटको असर भोग्ने समुदायको आवाज पनि सुनिनुपर्छ’ भन्ने सन्देश दिन खोजेका छन्।
काठमाडौं । शपथग्रहणपछि नेपाली कांग्रेसका सभापति गगन थापा र नेता विश्वप्रकाश शर्माबीचको आत्मीय भेटले ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!