दसैँका लागि तीन दिन खुल्ने तातोपानी नाका, कार्गो ट्रकलाई मात्र अनुमति

दसैँका लागि तीन दिन खुल्ने तातोपानी नाका, कार्गो ट्रकलाई मात्र अनुमति

काठमाडौं । दसैँका बेला अत्यावश्यक वस्तुको आपूर्ति सहज बनाउन नेपाल-चीनबीचको तातोपानी नाका तीन दिनका लागि अस्थायी रूपमा सञ्चालनमा आउने भएको छ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहको पहलपछि चिनियाँ पक्षले नेपाली पक्षको आग्रह स्वीकार गर्दै अक्टोबर १८ देखि २० अर्थात् कात्तिक १ देखि ३ गतेसम्म नाका खोल्ने निर्णय गरेको हो।

निर्णयअनुसार उक्त अवधिमा कार्गो ट्रकलाई मात्र आवतजावत गर्न अनुमति दिइनेछ। नाका सञ्चालनमा आएपछि चाडपर्वका लागि आवश्यक सामग्रीको आपूर्ति र नेपाल–चीन व्यापारिक आवागमन सहज हुने अपेक्षा गरिएको छ।

भदौ १० गते भोटेकोशीमा आएको बाढीपछि सुरक्षा र भौगोलिक जोखिम देखाउँदै चीनले भदौ १५ गतेदेखि नाका बन्द गरेको थियो।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हुम्लामा रुघाखोकीको प्रकोप, तीन सातामा चार जनाको मृत्यु
14 घण्टा अगाडि

चङ्खेली गाउँपालिका–६ स्थित मेल्छाम स्वास्थ्य चौकीका इन्चार्ज हर्क बुढाका अनुसार मृत्यु हुनेहरू ...

छुटाउनुभयो कि ?

TOP