दुई सन्तानलाई खोला तारेर फर्किँदै थिइन्, बाढीले बगाएकी कल्पना मृत भेटिइन्

दुई सन्तानलाई खोला तारेर फर्किँदै थिइन्, बाढीले बगाएकी कल्पना मृत भेटिइन्

गुल्मी । दुई सन्तानलाई खोला तारेर सुरक्षित स्थानमा पुर्‍याएपछि फर्किने क्रममा बाढीले बगाएकी गुल्मीकी कल्पना मृत अवस्थामा भेटिएकी छन्। मुसिकोट नगरपालिका-५ बाट इस्मा हुलतर्फ माइती जाँदै गर्दा उनलाई निस्दी खोलाले बगाएको थियो। दुई सन्तानलाई खोला तारिसकेपछि ब्याग लिएर फर्किने क्रममा उनी बाढीमा बेपत्ता भएकी थिइन्।

प्रहरीका अनुसार कल्पनाको शव घटनास्थलबाट करिब १०० मिटर तल खोलाको बीचमा फेला परेको हो। दुई सन्तानलाई सुरक्षित रूपमा खोला पार गराएपछि आफू भने बाढीमा परेर ज्यान गुमाउनुपरेको यो घटनाले परिवारमा गहिरो पीडा थपेको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

शपथपछि गगन थापालाई विश्वप्रकाशको अँगालो, माला लगाउँदा देखियो रोचक दृश्य
1 हप्ता अगाडि

काठमाडौं । शपथग्रहणपछि नेपाली कांग्रेसका सभापति गगन थापा र नेता विश्वप्रकाश शर्माबीचको आत्मीय भेटले ...

छुटाउनुभयो कि ?

TOP