मलेसिया जाने कामदारसँग बढी रकम असुलेको आरोप, बायोमेट्रिक संस्थाका सञ्चालक खड्का पक्राउ

मलेसिया जाने कामदारसँग बढी रकम असुलेको आरोप, बायोमेट्रिक संस्थाका सञ्चालक खड्का पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीका लागि मलेसिया जाने नेपाली कामदारसँग बढी रकम असुलेर सिन्डिकेट चलाएको आरोपमा बायोमेट्रिक परीक्षण गर्ने संस्थाका सञ्चालक कैलाश खड्का पक्राउ परेका छन्।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले खड्कालाई ललितपुरबाट पक्राउ गरेको हो। उनी मलेसिया जाने कामदारको बायोमेट्रिक परीक्षण गर्ने संस्थाका सञ्चालक हुन्।

खड्का स्वास्थ्य व्यवसायी सङ्घका अध्यक्षसमेत हुन् भने वैदेशिक रोजगार बोर्डका सदस्य पनि रहेका छन्। उनीमाथि कामदारसँग बढी रकम असुलेर सिन्डिकेट सञ्चालन गरेको आरोपमा प्रहरीले अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

भोलिदेखि एनपीएलको रौनक, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
12 घण्टा अगाडि

काठमाडौं । नेपाली क्रिकेटको चर्चित प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सोमबारद ...

छुटाउनुभयो कि ?

TOP