चर्चामा
काठमाडौं । तलब र सुविधाको माग गर्दै आयरल्यान्डमा एकैपटक ३ लाखभन्दा बढी सरकारी कर्मचारी सडकमा उत्रिएपछि देशको सार्वजनिक सेवा प्रभावित बनेको छ। बुधबार (अक्टोबर १४) भएको देशव्यापी हडतालका कारण विद्यालय बन्द भए भने अस्पतालका हजारौँ नियमित उपचार तथा स्वास्थ्य परीक्षण रद्द भएका छन्।
हडतालमा शिक्षक, स्वास्थ्यकर्मी र सरकारी कर्मचारी सहभागी हुँदै बढ्दो महँगीअनुसार तलब वृद्धि गर्न सरकारसँग माग गरेका छन्। नयाँ तलब सम्झौतामा सहमति जुट्न नसकेपछि कर्मचारी आन्दोलनमा उत्रिएका हुन्।
सरकार र ट्रेड युनियनबीच विवाद समाधान नभए अक्टोबर २१ मा पुनः देशव्यापी हडताल हुन सक्ने चेतावनी दिइएको छ। यसले शिक्षा, स्वास्थ्य र सरकारी सेवामा थप अवरोध सिर्जना गर्ने चिन्ता बढाएको छ।
हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८ भावनामार्गस्थित एक घरमा श्रीमान् मृत र श्रीमती घ ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!