मकवानपुर । भोटेकोशी बाढीबाट प्रभावित नागरिकको सहयोगका लागि मकवानपुरबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५७ लाख ८६ हजार रुपैयाँभन्दा बढी सहयोग जम्मा भएको छ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरका अनुसार हालसम्म जिल्लाका ३४ वटा संस्था तथा व्यक्तिले उद्धार कोषमा रकम उपलब्ध गराएका छन्।
हेटौँडा स्कुल अफ म्यानेजमेन्टले २० लाख रुपैयाँ सहयोग गरेको छ भने नवोदय शिशु सदनले ६ लाख ५० हजार रुपैयाँ प्रदान गरेको छ। त्यस्तै मकवानपुर उद्योग वाणिज्य सङ्घले ५ लाख ५ हजार ५५५ रुपैयाँ, नारायणी कलेज र तुलसीमेहर स्कुलले ३ लाख ५५ हजार रुपैयाँ तथा मकवानपुर सहकारी अस्पतालले २ लाख ५१ हजार रुपैयाँ सहयोग गरेका छन्।
बालजागृती इङ्लिस सेकेन्डरी स्कुल, हेटौँडाले २ लाख ६ हजार ३२० रुपैयाँ र राजु अधिकारीले २ लाख रुपैयाँ सहयोग गरेका छन्।
प्रशासनका अनुसार अन्य विभिन्न संस्था तथा व्यक्तिहरूले पनि ५ हजार १०० रुपैयाँदेखि १ लाख ५५ हजार ५५५ रुपैयाँसम्म सहयोग गरेका छन्। बाढीबाट प्रभावित परिवारको राहत तथा उद्धारमा सहयोग पुर्याउने उद्देश्यले जिल्लाबाट निरन्तर सहयोग जुटिरहेको प्रशासनले जनाएको छ।
उद्योगमन्त्री गौरीकुमारी यादवले आफ्नो पदबाट राजीनामा दिएकी छन् । उनले प्रधानमन्त्री बालेन शाहसमक्ष र ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!