चर्चामा
काठमाडौ ।प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुमन शर्मा २ लाख रुपैयाँ धरौटीमा रिहा भएका छन् ।
तत्कालीन सनराइज बैंकमा कार्यरत रहँदा कर्जा स्वीकृत गरेको, कर्जा प्रवाह नगरी धितो लिलाम गरेको आरोपमा पक्राउ परेका शर्मालाई पर्सा जिल्ला अदालतले धरौटीमा छाड्न आदेश दिएको हो ।
न्यायाधीश देवीकुमारी चौधरीको इजलासले शर्मालाई २ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो । अदालतको आदेशअनुसार धरौटी बुझाएपछि उनी रिहा भएका हुन् ।
पक्राउ पुर्जी जारी भएपछि फरार रहेका शर्माले मंगलबार प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए । त्यसपछि प्रहरीले उनलाई सोही दिन अदालतमा उपस्थित गराएको थियो ।
अदालतको आदेशसँगै शर्मा अब थुनाबाहिरै बसेर मुद्दाको प्रतिरक्षा गर्न पाउने भएका छन् ।
चङ्खेली गाउँपालिका–६ स्थित मेल्छाम स्वास्थ्य चौकीका इन्चार्ज हर्क बुढाका अनुसार मृत्यु हुनेहरू ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!