कांग्रेसको महिला महामन्त्रीमा त्रिपक्षीय भिडन्त, डिना–डिला–रीता मैदानमा

कांग्रेसको महिला महामन्त्रीमा त्रिपक्षीय भिडन्त, डिना–डिला–रीता मैदानमा

काठमाडौ ।नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महिला महामन्त्री पदका लागि तीन नेतृबीच प्रतिस्पर्धा हुने भएको छ।

समावेशी कोटाअन्तर्गत रहेको एक महिला महामन्त्री पदका लागि पूर्वसहमहामन्त्रीद्वय महालक्ष्मी उपाध्याय ‘डिना’ र डा. डिला संग्रौलासँगै रीता खनालले उम्मेदवारी दिएकी छन्।
खनालले उम्मेदवारी दर्ता गराइसकेकी छन् भने डिना र संग्रौलाले पनि उम्मेदवारी दर्ता गराउँदै छन्। तीनै नेतृ कांग्रेसको केन्द्रीय राजनीतिमा लामो समयदेखि सक्रिय छन्।

डिना १४औँ महाधिवेशनबाट सहमहामन्त्री बनेकी थिइन्। डिला पनि कांग्रेसको पदाधिकारी तहमा रहेर काम गरिसकेकी नेतृ हुन्। उनी नेपाल महिला संघको अध्यक्षसमेत भइसकेकी छन्।

यता खनाल लामो समयदेखि ट्रेड युनियन कांग्रेसमा सक्रिय रहँदै आएकी छन्। संयोगले डिना र खनाल दुवै मकवानपुरका हुन् भने डिला मोरङबाट कांग्रेस राजनीतिमा सक्रिय छिन्।

महिला महामन्त्रीको एक पदका लागि तीन नेतृ मैदानमा उत्रिएपछि कांग्रेसको १५औँ महाधिवेशनमा यो पदको प्रतिस्पर्धा पनि चासोको विषय बनेको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हुम्लामा रुघाखोकीको प्रकोप, तीन सातामा चार जनाको मृत्यु
16 घण्टा अगाडि

चङ्खेली गाउँपालिका–६ स्थित मेल्छाम स्वास्थ्य चौकीका इन्चार्ज हर्क बुढाका अनुसार मृत्यु हुनेहरू ...

छुटाउनुभयो कि ?

TOP