कांग्रेस महाधिवेशनमा हरिप्रभा खड्गीले केन्द्रीय सदस्यमा गरिन् उम्मेदवारी दर्ता

कांग्रेस महाधिवेशनमा हरिप्रभा खड्गीले केन्द्रीय सदस्यमा गरिन् उम्मेदवारी दर्ता

काठमाडौ ।नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा बागमती प्रदेश भूगोलबाट खुला महिला केन्द्रीय सदस्य पदमा हरिप्रभा खड्गीले उम्मेदवारी दर्ता गरेकी छन्।

काठमाडौंमा जारी महाधिवेशनअन्तर्गत खड्गीले खुला महिला केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दर्ता गरेकी हुन्। उम्मेदवारी दर्तापछि उनले नेपाली कांग्रेसका सम्पूर्ण महाधिवेशन प्रतिनिधिलाई आफ्नो पक्षमा मतदान गर्न अपिल गरेकी छन्।

कांग्रेसमा लामो समयदेखि सक्रिय खड्गी बागमती प्रदेश सरकारको मन्त्रीसमेत भइसकेकी छन्। उनी काठमाडौं महानगरपालिकाकी पूर्वउपमेयरसमेत हुन्।

केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गरेसँगै खड्गी महाधिवेशन प्रतिनिधिसँग भेटघाटमा सक्रिय भएकी छन्। उनका समर्थक तथा शुभेच्छुकहरू पनि विभिन्न भेटघाट र छलफलमा सहभागी भइरहेका छन्।

खड्गीको उम्मेदवारीसँगै बागमती प्रदेश भूगोलबाट खुला महिला केन्द्रीय सदस्य पदको प्रतिस्पर्धा थप चर्चामा आएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हुम्लामा रुघाखोकीको प्रकोप, तीन सातामा चार जनाको मृत्यु
16 घण्टा अगाडि

चङ्खेली गाउँपालिका–६ स्थित मेल्छाम स्वास्थ्य चौकीका इन्चार्ज हर्क बुढाका अनुसार मृत्यु हुनेहरू ...

छुटाउनुभयो कि ?

TOP