नेकपा वरिष्ठ नेता पुर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठका जेठा दाजुको निधन

नेकपा वरिष्ठ नेता पुर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठका जेठा दाजुको निधन


​काठमाडौँ। नेकपा वरिष्ठ नेता एवम् पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठका  जेठा दाजु श्रद्धेय बालनारायण श्रेष्ठ (भाइकाजी श्रेष्ठ) को ८० वर्षको उमेरमा निधन भएको छ।  


​केही समयदेखि अस्वस्थ भई उपचाररत श्रेष्ठको काठमाडौंस्थित नर्भिक अस्पतालमा उपचारकै क्रममा निधन भएको हो। उहाँको पशुपति आर्यघाटमा अन्तिम संस्कार सम्पन्न गरिएको छ। नास्टका पूर्व उपकुलपति सुनिलबाबु श्रेष्ठ तथा जेसिसका पूर्व राष्ट्रिय अध्यक्ष सुशिलबाबु श्रेष्ठका बुवा समेत रहनुभएका बालनारायण श्रेष्ठका दुई छोरा र एक छोरी हुनुहुन्छ।  
​दाइको निधनले परिवारमा अपूरणीय क्षति पुगेको उल्लेख गर्दै नेता नारायणकाजी श्रेष्ठले दिवंगत दाइप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको छ।  
​दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त नारायणकाजी श्रेष्ठसहित सम्पूर्ण परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछौँ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

भोलिदेखि एनपीएलको रौनक, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
14 घण्टा अगाडि

काठमाडौं । नेपाली क्रिकेटको चर्चित प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सोमबारद ...

छुटाउनुभयो कि ?

TOP