काठमाडौं । इन्डोनेसियामा ज्वालामुखी विस्फोटपछि उडान सेवा प्रभावित हुँदा करिब १ लाख ७० हजार यात्रु अलपत्र परेका छन्। ज्वालामुखीबाट निस्किएको खरानी र लाभाको बादल हवाई क्षेत्रमा फैलिएपछि देशको मुख्य अन्तर्राष्ट्रिय विमानस्थलसहित आठ विमानस्थलको सेवा प्रभावित भएको हो।
इन्डोनेसियाको भूगर्भ विज्ञान सर्वेक्षण तथा अनुसन्धान निकायका अनुसार माउन्ट अनाक क्राकातोआमा शनिबार ज्वालामुखी विस्फोट भएको थियो। विस्फोटका क्रममा लाभाको फोहोरा निस्कनुका साथै सयौँ किलोमिटर टाढासम्म गर्जन सुनिएको थियो। आइतबार पनि थप दुईपटक विस्फोट भएको जनाइएको छ।
ज्वालामुखीबाट निस्किएको खरानी सुएकार्नो–हट्टा अन्तर्राष्ट्रिय विमानस्थल आसपासको हवाई क्षेत्रमा पुगेपछि अधिकारीहरूले सुरक्षाका लागि विमानस्थल सञ्चालन अस्थायी रूपमा रोकेका थिए। सुरुमा बिहान १ः३० बजेदेखि ५ः३० बजेसम्म सेवा बन्द गर्ने निर्णय गरिए पनि अवस्था सामान्य नभएपछि बन्द अवधि पटक–पटक थपिएको थियो।
यातायात मन्त्रालयका अनुसार ज्वालामुखीका कारण प्रभावित आठ विमानस्थलमा हालसम्म १ हजार ५५८ उडान ढिला भएका छन्। तीमध्ये ९०० भन्दा बढी उडान सुएकार्नो–हट्टा विमानस्थलमा अवतरण गर्ने वा त्यहाँबाट उडान भर्ने रहेका छन्।
उडान अवरुद्ध भएपछि हजारौँ यात्रु वैकल्पिक उडान खोज्न बाध्य भएका छन्। अधिकारीहरूले सेमाराङ र सुराबायालगायतका केही शहरका विमानस्थललाई वैकल्पिक अवतरणस्थलका रूपमा तयार पारेका छन्।
यसैबीच, ज्वालामुखीको खरानी सुमात्राको दक्षिणी क्षेत्रमा रहेको बन्दर लाम्पुङ शहरसम्म समेत पुगेको छ। खरानीले सडक तथा पार्किङमा राखिएका सवारीसाधन ढाकेको स्थानीय विवरणमा उल्लेख छ।
प्राकृतिक विपद्का कारण उडान सेवा प्रभावित भएपछि यात्रुहरू लामो समय विमानस्थलमै पर्खन बाध्य भएका छन्। अधिकारीहरूले हवाई सुरक्षालाई प्राथमिकतामा राख्दै अवस्था सामान्य भएपछि मात्र प्रभावित विमानस्थलको सेवा पूर्ण रूपमा सञ्चालनमा ल्याइने बताएका छन्।
सङ्खुवासभा । पाँचखपन नगरपालिका-८ पोख्राङमा वर्षासँगै परेको चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने द ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!