चर्चामा
जनकपुरधाम । विषालु सर्पले टोकेपछि उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पुगेका २५ वर्षीय युवक महेश यादवको मृत्यु भएको छ। जनकपुरधाम उपमहानगरपालिका-१४, मुजेलियाका रामकिशोर यादवका एक्लो छोरा महेशलाई मंगलबार राति करिब साढे १२ बजे विषालु सर्पले टोकेको थियो। सर्पले टोकेलगत्तै उनी आफैं उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पुगेका थिए।
अस्पतालमा उपचार सुरु गरिए पनि उनको स्वास्थ्य अवस्था बिग्रिँदै गएको थियो। राति करिब २ बजे चिकित्सकले उनलाई आईसीयू वा भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने बताएका थिए। तर आईसीयू र भेन्टिलेटर खाली नभएको भन्दै उनलाई थप उपचारका लागि रेफर गरिएको बताइएको छ।
त्यसपछि महेशलाई बर्दिबासस्थित सर्पदंश उपचार केन्द्र लगिएको थियो। तर त्यहाँ पुगेपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। घटनापछि प्रादेशिक अस्पतालमा आवश्यक आईसीयू, भेन्टिलेटर तथा जनशक्ति पर्याप्त नभएको भन्दै प्रश्न उठेको छ। स्थानीयले प्रदेश सरकारले स्वास्थ्य संस्थाको क्षमता र जनशक्ति विस्तारमा ध्यान दिनुपर्ने माग गरेका छन्।
यद्यपि, उपचारमा लापरबाही भए/नभएको तथा आईसीयू र भेन्टिलेटरको वास्तविक अवस्थाबारे सम्बन्धित अस्पताल तथा स्वास्थ्य निकायको आधिकारिक धारणा आउन बाँकी छ।
चङ्खेली गाउँपालिका–६ स्थित मेल्छाम स्वास्थ्य चौकीका इन्चार्ज हर्क बुढाका अनुसार मृत्यु हुनेहरू ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!