चर्चामा
धादिङको गजुरी-मलेखु सडकखण्डमा फेरि पहिरो खसेपछि सडक अवरुद्ध भएको छ।
हिजो राति पहिरो गएपछि आज बिहान करिब ८ बजे एकतर्फी रूपमा सडक सञ्चालनमा ल्याइएको थियो। तर, बिहान करिब ९ बजे पुनः पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको हो।
सडक अवरुद्ध भएपछि गजुरीदेखि मलेखुतर्फ जाने तथा आउने सवारीसाधनको लामो जाम लागेको छ। यात्रु तथा सवारीसाधन बाटोमै अलपत्र परेका छन्।
लगातार पहिरो खसिरहेकाले उक्त सडकखण्डमा यात्रा गर्दा सतर्कता अपनाउन आग्रह गरिएको छ।
काठमाडौं । दशैँ मनाउन गाउँघर तथा आफन्तकहाँ गएकाहरू राजधानी काठमाडौं फर्किने क्रम बढेको छ। दशैँको टीक ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!