तपाईंले बोकी राखेको नोट नक्कली त होइन? चाडबाडको मुखमा नक्कली नोटको बिगबिगी छ। कसरी चिन्ने? कानुनमा के छ सजाय?

तपाईंले बोकी राखेको नोट नक्कली त होइन? चाडबाडको मुखमा नक्कली नोटको बिगबिगी छ। कसरी चिन्ने? कानुनमा के छ सजाय?

चाडबाडका बेला नगद कारोबार बढ्ने भएकाले नोट लिँदा-दिँदा केही सावधानी अपनाउनुहोस्। नेपाल राष्ट्र बैंकका अनुसार सक्कली नोटमा पानी छाप, सुरक्षण धागो, उठेको छपाइ (Raised Ink), ब्रेल संकेत तथा प्रकाशमा देखिने विशेष चिन्हहरू हुन्छन्। नोटलाई उज्यालोमा राखेर पानी छाप र सुरक्षण धागो जाँच्न सकिन्छ।

नक्कली नोट भएको शंका लागेमा त्यसलाई अर्को व्यक्तिलाई चलनचल्तीमा नल्याई नजिकको नेपाल राष्ट्र बैंक वा प्रहरी कार्यालयमा खबर गर्न राष्ट्र बैंकले आग्रह गरेको छ। कानुनअनुसार खोटा मुद्रा बनाउने वा बनाउने उद्योग गर्ने व्यक्तिलाई मुद्राको परिमाण र मूल्य हेरी ५ देखि १० वर्षसम्म कैद तथा ५० हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना हुन सक्छ।
नोट लिँदा एकछिन जाँचौँ, नक्कली नोटको कारोबार रोकौँ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

दशैँ सकेर काठमाडौं फर्किनेको चाप बढ्यो, नाकामा भिडभाड
2 घण्टा अगाडि

काठमाडौं । दशैँ मनाउन गाउँघर तथा आफन्तकहाँ गएकाहरू राजधानी काठमाडौं फर्किने क्रम बढेको छ। दशैँको टीक ...

छुटाउनुभयो कि ?

TOP