बझाङमा जिप दुर्घटना, चालकको मृत्यु, दुई जना घाइते

बझाङमा जिप दुर्घटना, चालकको मृत्यु, दुई जना घाइते

बझाङको सुर्मा गाउँपालिकामा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। बिहीबार बिहान सुर्मा गाउँपालिका-२ दोगडीस्थित चैनपुर-दौलिचौर भित्री सडकखण्डमा कर्णाली प्रदेश ००१ च १०९५ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खसेको प्रहरीले जनाएको छ।

दुर्घटनामा सुर्मा-४ का २७ वर्षीय चालक कुन्दन बोहराको घटनास्थलमै मृत्यु भएको हो। घाइते जयपृथ्वी नगरपालिका-८ की २५ वर्षीया विपना बोहरा र भारतको कलकत्ता घर भएका ४५ वर्षीय सुवासिस दासलाई उद्धार गरी जिल्ला अस्पताल बझाङ पठाइएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हुम्लामा रुघाखोकीको प्रकोप, तीन सातामा चार जनाको मृत्यु
14 घण्टा अगाडि

चङ्खेली गाउँपालिका–६ स्थित मेल्छाम स्वास्थ्य चौकीका इन्चार्ज हर्क बुढाका अनुसार मृत्यु हुनेहरू ...

छुटाउनुभयो कि ?

TOP