हुथी विद्रोहीको आत्मघाती आक्रमणपछि भारतीय झण्डावाहक जहाज डुब्यो, १३ भारतीय नागरिक सकुशल उद्धार!

हुथी विद्रोहीको आत्मघाती आक्रमणपछि भारतीय झण्डावाहक जहाज डुब्यो, १३ भारतीय नागरिक सकुशल उद्धार!

यमनको लाल सागर तटमा भारतीय झण्डा भएको एमएसी फैजे नूर-ए-औलिया जहाजमाथि हुथी विद्रोहीले आत्मघाती डुंगामार्फत आक्रमण गरेका छन्। आक्रमणपछि जहाज डुबेको भारतीय विदेश मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार जहाजमा सवार सबै १३ जना भारतीय नागरिकलाई सकुशल उद्धार गरिएको छ। उनीहरूको अवस्था सुरक्षित रहेको बताइएको छ।

यस घटनापछि लाल सागर क्षेत्रमा सुरक्षा जोखिम बढेको छ। हुथी विद्रोहीबाट थप आक्रमण हुन सक्ने चेतावनीपछि ६ वटा साउदी सुपरट्यांकरले लाल सागरको छोटो समुद्री मार्ग छोडेर अफ्रिकाको दक्षिणी भाग हुँदै लामो वैकल्पिक मार्ग रोजेका छन्।

यस घटनाले लाल सागर क्षेत्रको समुद्री सुरक्षाप्रति अन्तर्राष्ट्रिय चिन्ता थप बढाएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

छुटाउनुभयो कि ?

TOP