चितवनको भरतपुरमा आफ्नै १९ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा ४५ वर्षीय बाबु पक्राउ परेका छन्।
पीडित युवती आफैँ प्रहरी कार्यालय पुगेर जाहेरी दिएपछि प्रहरीले आरोपितलाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार साउन २८ गते राति मदिरा सेवन गरेका आरोपितले डरधम्की देखाउँदै छोरीमाथि जबरजस्ती करणी गरेको उजुरीमा उल्लेख छ।
आरोपितले प्रहरीसमक्ष घटनामा संलग्न भएको स्वीकार गरेको बताइएको छ। जिल्ला अदालतबाट म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
सङ्खुवासभा । पाँचखपन नगरपालिका-८ पोख्राङमा वर्षासँगै परेको चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने द ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!