काठमाडौ । नेपाली भाषा र साहित्यका आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज नेपाल तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ।
यस अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठान, भानु प्रतिष्ठान, नेपाली शिक्षा परिषद् तथा भाषा–साहित्यसँग सम्बन्धित विभिन्न संघसंस्थाले विशेष कार्यक्रम, प्रभातफेरी, काव्य वाचन तथा आदिकविको प्रतिमामा माल्यार्पण गर्ने कार्यक्रम आयोजना गरेका छन्। घरघरमा पनि भानुभक्तद्वारा नेपाली भाषामा भावानुवाद गरिएको रामायण को पाठ गरी भानु जयन्ती मनाउने परम्परा कायम छ।
वि.सं. १८७१ असार २९ गते तनहुँको चुँदीरम्घामा जन्मिएका भानुभक्त आचार्यले संस्कृत भाषामा रहेको रामायण लाई नेपाली भाषामा सरल र भावपूर्ण शैलीमा अनुवाद गरेर नेपाली साहित्यमा ऐतिहासिक योगदान दिएका थिए। उनको रामायण आज पनि नेपाली समाजमा लोकप्रिय कृतिका रूपमा सम्मानपूर्वक पाठ गरिन्छ।
भानुभक्तलाई नेपाली भाषा, साहित्य र संस्कृतिमार्फत राष्ट्रिय एकता र पहिचानलाई बलियो बनाउने व्यक्तित्वका रूपमा स्मरण गरिन्छ। वधुशिक्षा, प्रश्नोत्तर, भक्तमाला, रामगीता लगायतका उनका कृतिले नेपाली साहित्यलाई समृद्ध बनाएका छन्।
भानु जयन्ती नेपालमा मात्र नभई भारतका दार्जिलिङ, सिक्किम, भुटान, म्यानमारलगायत नेपाली भाषी समुदाय रहेका विभिन्न देश र क्षेत्रमा पनि विशेष कार्यक्रमसहित मनाइँदै आएको छ।
काठमाडौं।जीवनमा सबै बालबालिकाले समान अवसर पाउँदैनन्। कोही आमाबुबाको माया, शिक्षा र सुरक्षित भविष्यको ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!