मधेशका जनस्वास्थ्य प्रयोगशालाकर्मी आन्दोलनमा, तलब र सुविधा नपाएको गुनासो

मधेशका जनस्वास्थ्य प्रयोगशालाकर्मी आन्दोलनमा, तलब र सुविधा नपाएको गुनासो

जनकपुरधाम - मधेश प्रदेशका विभिन्न स्थानीय तहमा सञ्चालित जनस्वास्थ्य प्रयोगशालामा कार्यरत कर्मचारीहरू लामो समयदेखि तलब तथा सेवा-सुविधा नपाएको भन्दै आन्दोलनमा उत्रिएका छन्।

प्रदेश सरकार र स्थानीय तहको साझेदारीमा सञ्चालन भइरहेका १३६ वटा स्थानीय तहका प्रयोगशालामा कार्यरत कर्मचारीहरूले संयुक्त संघर्ष समिति गठन गर्दै जनकपुरधामस्थित जनस्वास्थ्य प्रयोगशालामा धर्ना दिएका हुन्।

आर्थिक वर्ष २०८२/०८३ को कात्तिक महिनादेखि हालसम्म तलब नपाएको, साथै चाडपर्व भत्ता लगायत कानुनअनुसार पाउनुपर्ने सेवा-सुविधा पनि नपाएको उनीहरूको गुनासो छ।

चालु आर्थिक वर्ष सकिन लाग्दा समेत सेवा सम्झौता नवीकरण तथा पारिश्रमिक भुक्तानी प्रक्रिया अघि नबढेको भन्दै उनीहरूले असन्तुष्टि जनाएका छन्।

सम्बन्धित निकायहरूलाई पटक-पटक जानकारी गराउँदा पनि कुनै ठोस समाधान नआएपछि आन्दोलनमा उत्रन बाध्य भएको उनीहरूको भनाइ छ।

कर्मचारीहरूले बाँकी तलब तत्काल भुक्तानी, सेवा सम्झौता नवीकरण तथा भत्ता लगायतका सुविधा उपलब्ध गराउन माग गरेका छन्। माग सम्बोधन नभए जनस्वास्थ्य सेवा प्रभावित हुने र त्यसको जिम्मेवारी सम्बन्धित निकायले लिनुपर्ने चेतावनी पनि दिएका छन्।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

आदिकवि भानुभक्तको २१३औँ जन्मजयन्ती आज, देश–विदेशमा विविध कार्यक्रम
2 हप्ता अगाडि

काठमाडौ । नेपाली भाषा र साहित्यका आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज नेपाल तथा विदेशका विभ ...

छुटाउनुभयो कि ?

TOP