लुम्बिनी । अमेरिकामा शान्तिका लागि सञ्चालन गरिएको ‘वाक फर पिस’ पदयात्रामा सहभागी भई १०८ दिनमा ३ हजार ७ सय किलोमिटर पैदल यात्रा गरेको चर्चित कुकुर लुम्बिनी आइपुगेको छ।
भियतनामी भिक्षु पन्याकर को नेतृत्वमा रहेको टोलीसँगै उक्त कुकुर आइतबार नेपाल आइपुगेको हो। शान्ति र अहिंसाको सन्देश फैलाउने उद्देश्यले गरिएको पदयात्राका कारण उक्त कुकुरले अन्तर्राष्ट्रिय स्तरमै चर्चा बटुलेको थियो।
‘वाक फर पिस’ नामक शान्ति पदयात्रामा सहभागी टोलीले अमेरिकामा १०८ दिनसम्म निरन्तर हिँडेर ३ हजार ७ सय किलोमिटर दूरी पार गरेको जनाएको छ। पदयात्राको नेतृत्व गरिरहेका भिक्षु पन्याकरसहित १८ जना भिक्षु तथा उपासक–उपासिकाको टोली बुद्ध जन्मस्थल लुम्बिनी पुगेको हो।
टोलीले कुकुरसहित लुम्बिनीस्थित अखण्ड शान्ति द्वीपबाट मायादेवी मन्दिर सम्म शान्ति पदयात्रा (पिस वाक) गरेको थियो। मायादेवी मन्दिरमा पूजाआजा सम्पन्न गरेपछि आयोजित कार्यक्रममा टोलीको भव्य स्वागत गरिएको थियो।
मन्दिर परिसरमा आयोजित कार्यक्रममा भिक्षु पन्याकरले शान्तिका लागि गरिएको सानो प्रयासले विश्वव्यापी चर्चा र सम्मान प्राप्त गरेको बताए। उनले पदयात्राले बुद्धका शिक्षाप्रति सम्मान प्रकट गर्नुका साथै विश्वभर शान्तिको सन्देश फैलाउन महत्वपूर्ण योगदान दिएको उल्लेख गरे।
“हाम्रो मुख्य उद्देश्य सरल छ। शान्ति राज्यबाट होइन, व्यक्तिबाट सुरु हुन्छ। त्यसैले एक पाइला, एक सास र एकाग्र मनका साथ सबैले शान्तिका लागि प्रयास गर्नुपर्छ,” उनले भने।
लुम्बिनीमा कुकुरसहितको यो शान्ति पदयात्रा र टोलीको आगमनले स्थानीय तथा बौद्ध समुदायबीच विशेष आकर्षण र चासो सिर्जना गरेकोछ।
काठमाडौ ।अमेरिकामा जन्मिने शिशुहरूको जन्मसिद्ध नागरिकताको संवैधानिक अधिकार कायम राख्दै अमेरिकी सर्वो ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!