सीमा विवादबारे स्पष्ट गर्न माग गर्दै बैठक अवरुद्ध

सीमा विवादबारे स्पष्ट गर्न माग गर्दै बैठक अवरुद्ध

काठमाडौँ । राष्ट्रियसभाका सांसदहरुले नेपालले भारतको सीमा मिचेको भन्ने सम्बन्धमा  नेपाल सरकारसँग जानकारी माग गर्दै बैठक अवरुद्ध गरेका छन् । 

    बैठकको सुरुमै आकस्मिक समय माग गर्दै सांसद रञ्जित कर्णले आइतबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै सो सम्बन्धमा स्पष्ट पार्न माग गरे ।  

    सांसद कर्णपछि बोलेका सांसदहरु राजेन्द्रलक्ष्मी गैह्रे, रामकुमारी झाँक्री र तुलप्रसाद विश्वकर्माले पनि प्रधानमन्त्रीको सम्बोधनका सन्दर्भमा स्पष्ट पार्न माग गरेका थिए । आकस्मिक समयपछि सांसदहरुले सो बारेमा सरकारलाई स्पष्ट पार्नुपर्ने माग गर्दै आसनबाट उभिएर विरोध जनाएका थिए ।  

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP