वीरगञ्ज (पर्सा) । चालु आर्थिक वर्षको प्रथम १० महिनामा रु ३१ अर्ब ३१ करोड मूल्यबराबरका सवारीसाधन तथा तिनका पार्टपुर्जा आयात भएका छन् । गत आवको सोही अवधिको तुलनामा चालु आवको यो अवधिमा रु नौ अर्ब ६५ करोडले आयात बढेको हो । वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार सवारीसाधन र पार्टपुर्जाको आयात बढेसँगै चालु आवको १० महिनामा रु २० अर्ब ५२ अर्ब राजस्व सङ्कलन भएको छ ।
गत आवको सोही अवधिमा रु १६ अर्ब ६४ करोड राजस्व सङ्कलन भएको थियो । चालु आवको १० महिनामा रु एक अर्ब २५ करोड बराबरका सवारीसाधनको आयातबाट रु तीन अर्ब १७ करोड राजस्व सङ्कलन भएको छ ।
यसैगरी, रु सात अर्ब ३२ करोड बराबरका मूल्य पर्ने ५१ हजार ४२३ वटा ‘अन एसेम्बल्ड’ मोटरसाइकल आयातबाट रु सात अर्ब नौ अर्ब राजस्व असुली भएको छ ।
संवाददाता
- २०८३-०२-१७
10 घण्टा अगाडि
काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभाप
...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!