काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनसम्बन्धी घटनामा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीसहित ४९ जनामाथि सूक्ष्म अनुसन्धान गर्न सिफारिस गरेको छ। आयोगले घटनाको प्रतिवेदन सार्वजनिक गर्दै पूर्व पत्रकार, युट्युबर, कन्टेन्ट क्रियटर, अभियन्ता तथा राजनीतिक व्यक्तिहरूमाथि समेत अनुसन्धान गर्न सरकारलाई सुझाव दिएको हो।
आयोगले प्रदर्शनअघि, प्रदर्शनका क्रममा र प्रदर्शनपछि सामाजिक सञ्जाल तथा सार्वजनिक माध्यमबाट अभिव्यक्ति दिएका व्यक्तिहरूको गतिविधि, प्रकाशित समाचार सामग्री र राष्ट्रिय अनुसन्धान विभागले संकलन गरेको प्रतिवेदनका आधारमा अनुसन्धान आवश्यक रहेको जनाएको छ।
अनुसन्धानको दायरामा गणेश कार्की, सुलभ खरेल, बब्लु गुप्ता, रक्षा बम, कृष्ण कार्की, डा. तोषिमा कार्की, राजिव खत्री, शोम शर्मा, केपी खनाल, दीपक बोहरा, मनीष झा, ज्वाला संग्रौला, हेमराज थापा, विमल पन्त, खेमराज साउद, पुरुषोत्तम यादव, हामी नेपाल संस्थाका अध्यक्ष सुधन गुरुङ, अमनप्रताप अधिकारी, विवेक थपलिया, सिसन बानियाँ, आशिका तामाङ, असिममान बस्नेत, भाग्य न्यौपाने, टंक दाहाल, भिक्टर पौडेल, अंकित मल्ल, उमेश बोहरा, शिव यादव, विनोद देउवा, सरु सुनुवार, भीम उपाध्याय, रविकिरण हमाल, हरि ढकाल, निश्चल बस्नेत, सुशीला कार्की, ओमप्रकाश अर्याल, गौरीबहादुर कार्की, पशुपति खड्का, दुर्गा प्रसाईं, उर्जा बराल, जेरी ताम्राकार, हेमसागर विद्रोही, बुद्ध छिरिङ, सन्तोष राजावादी, अमित खनाल, दीपक देवकोटा, गौरव बराल, हिमानी राज्य लक्ष्मी सिंह र निशान मैनाली रहेका छन्।
आयोगले ती व्यक्तिहरूको अभिव्यक्तिबाट प्रदर्शनकारीहरू आक्रोशित वा उत्तेजित भएको–नभएको, सार्वजनिक शान्ति र सुव्यवस्थामा असर पुगेको वा नपुगेको तथा दुरुत्साहन भएको–नभएको विषयमा सूक्ष्म अनुसन्धान गर्नुपर्ने उल्लेख गरेको छ।
प्रतिवेदनमा भदौ २३ र २४ गतेको घटनामा भएको मानवीय तथा भौतिक क्षतिमा उनीहरूको कुनै प्रत्यक्ष वा अप्रत्यक्ष संलग्नता रहे–नरहेको विषयमा पनि विस्तृत अनुसन्धान गर्न भनिएको छ। आयोगले अनुसन्धानका क्रममा सम्बन्धित व्यक्तिको स्वच्छ सुनुवाइको अधिकार सुनिश्चित गर्न तथा आम नागरिकलाई सुसूचित गराउन समेत सरकारलाई निर्देशनात्मक सुझाव दिएको छ।
दोषी प्रमाणित भए कानुनबमोजिम कारबाही गर्न आयोगले सिफारिस गरेको छ।
काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभाप ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!